नेपाल प्रहरीमा १६ सय जनाका लागि जागिर खुल्यो
काठमाडौं : नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो।
त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।
यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।
हेर्नुहोस् विज्ञापन:-
मंसिर २१, २०८१ शुक्रबार ०७:४०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।