काठमाडौंलाई सुदूरपश्चिमले दियो १ सय ६८ रनको मध्यम लक्ष्य

काठमाडौंलाई सुदूरपश्चिमले दियो १ सय ६८ रनको मध्यम लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ।

बिहीबार टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन लिएको हो। 

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए। 

जेहार्डको बलमा मक्मलेन आउट भए। मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे।

काठमाडौंले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जित हासिल गरेको थियो भने सुदूरपश्चिम पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको थियो। 

काठमाडौं गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तान दिपेन्द्र सिंह ऐर रहेका छन्। 

मंसिर २०, २०८१ बिहीबार १५:११:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।