सुनसरीमा प्रतिबन्धित औषधि बरामद
काठमाडौं : सुनसरीको हरिनगर गाउँपालिका-५ सुकसेनामा सशस्त्र प्रहरीले ९४ हजार रुपैयाँको प्रतिबन्धित औषधि बरामद गरेको छ।
सुनसेनास्थित भित्री सडकखण्डबाट मंसिर २० गते सशस्त्र प्रहरीले करिब ९४ हजार रुपैयाँ बराबरको प्रतिबन्धित औषधि बरामद गरेको हो।
भारतबाट अवैध रूपले मोटरसाइकलमा राखी ल्याउँदै गरेको १ हजार ९८ वटा ट्रमाडोल हाइड्रो क्लोराइट क्याप्सुल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरले बरामद गरेको हो।
उक्त औषधि ल्याउने व्यक्ति भने फरार रहेका छन्।
मंसिर २०, २०८१ बिहीबार ११:४८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।