एनपीएलमा पोखराले जनकपुरलाई दियो एक सय ३९ रनको लक्ष्य, भुर्तेल सस्तैमा आउट

एनपीएलमा पोखराले जनकपुरलाई दियो एक सय ३९ रनको लक्ष्य, भुर्तेल सस्तैमा आउट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई एक सय ३९ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन जोड्यो।

उसका लागि मार्कस क्रिथ्ली ३५, माइकल लिस्क २५, एन्ड्रु गोस २०, रेमन रिफर १७, दिलिप नात ११, दिनेश खरेल १० र कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए।

कप्तान भुर्तेल पहिलो खेलमा पहिलो बलमै आउट भएका थिए।

विपिन खत्री र नारायण जोशीले अविजित रहँदै क्रमशः १ र ५ रन जोडे।

जनकपुरका ललित राजवंशीले तीन विकेट लिँदा जेम्स निसमले दुई तथा मोहम्मद मोसिन र किशोर महतोले समान एक–एक विकेट लिए।

जारी प्रतियोगितामा जनकपुरले दुई खेलि जितिसकेको छ भने पोखरा पहिलो खेलमा पराजित भएर दोस्रो खेल खेल्दैछ।
जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मंसिर २०, २०८१ बिहीबार १०:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।