पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा
काठमाडौं : व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रालिको सहकार्यमा पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा आएको छ।
पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ। यस कलेजले शिक्षा मन्त्रालयवाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो।
कलेजले विश्व वरीयतामा शीर्ष १५ प्रतिशतम र्याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) जस्ता विषयहरु सञ्चालन गरेको छ । यी विषयहरुको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि शुरु भइसकेको छ।
रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित रहेको बताए।
कलेजका अध्यक्ष शेखर गोल्छाले कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्र्दै भविष्यप्रति लक्षित गरेर लगानी गरिएको बताए। उद्यमशीलता विकासमा केन्द्रित भएर इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावरहाउसको रूपमा स्थापित गर्ने उनको भनाइ छ।
त्यसैगरी ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहेको बताए। कलेजको स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने दृष्िटको विकास गर्नेमा हामी ढुक्क रहेको विश्वास व्यक्त गरे।
उत्कृष्ट शिक्षाको अनुभव प्रदान गर्ने उद्देश्यले ललितपुरको सुविधा सम्पन्न स्थान पुल्चोकमा कलेज स्थापना गरिएको सञ्चालकहरूले बताएका छन्। प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १० प्रतिशत पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने र त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने पनि उल्लेख गरिएको छ।
मंसिर २०, २०८१ बिहीबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।