तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू गर्यो
मुगु : लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ। सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरू गरेको हो।
हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित छन्।
सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ। हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिए।
सुवेदीकाअनुसार सुर्खेत-सिमिकोट ८ हजार, सुर्खेत-रारा ६ हजार ५ सय र सुर्खेत-जुम्ला ६ हजार ५ सय भाडा दर निर्धारण गरिएको छ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायीक रुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिए।
मंसिर १९, २०८१ बुधबार २०:३४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।