वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ। 

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि र छविसहित १४ जनाविरूद्ध आज पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।

यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन्। तर, रवि गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा त्यस सहकारीबाट आएको रकम खर्च गरेको आरोपमा उनी अनुसन्धानको दायरामा तानिए। छवि भने गोर्खा मिडियाको सञ्चालकका रूपमा तानिएका हुन्। 

लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ।

अहिले उनीमाथि चितवनमा बयान भइरहेको छ।  

मंसिर १९, २०८१ बुधबार १८:३०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।