लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो।
जारी एनपिएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो। यसअघि मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगरविरुद्ध नै १८२ रन बनाएको थियो।
मंसिर १९, २०८१ बुधबार १४:४७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।