काठमाडौंको टुँडिखेलमा हातको साइडमा सानो चक्कु बोकेका पुरूषको शव भेटियो
काठमाडौं : काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका-२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको उनका साथमा रहेको नेपाली नागरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनले भने, 'निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ।'
उनका अनुसार शव जाँचको प्रकृति मुचुल्का गरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
मंसिर १९, २०८१ बुधबार १४:४१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।