चितवनमा रास्वपा सभापतिको बहस चलिरहँदा सडकमा प्रहरी र कार्यकर्ताबीच झडप
काठमाडौं : चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो।
चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुईपक्षीय भिडन्त भएको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ।
प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको हो।
मंसिर १९, २०८१ बुधबार १२:४५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।