एनपीएलमा काठमाडौं गुर्खाजको पहिलो जित, शिखरको कर्णाली लगातार दुई खेलमा पराजित

एनपीएलमा काठमाडौं गुर्खाजको पहिलो जित, शिखरको कर्णाली लगातार दुई खेलमा पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ।

कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो। योसँगै कर्णाली लिगको दुई खेलमा पराजित भयो।

उसका लागि जेरार्ड इरासमसले ३८, करण केसीले २८ र माइकल लेभिटले २२ रन बनाउँदा अविजित रहँदै सुमित महर्जनले ४० रन जोडे।

कर्णालीका विपिन शर्मा, जिसन मक्सुद, गुल्सन झा, सोमपाल कामी र नन्दन यावले समान एक-एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन जोड्यो।

उसका लागि लागि शिखर धवन अविजित रहँदै सर्वाधिक रन बनाए। ४९ बलको सामना गरेका उनले चार चौका र पाँच छक्काको मद्दतमा ७२ रन जोडे।

चाडविक वाल्टन २१, बाबर हायात १३, गुल्सन झा १२, अर्जुन बिटालु ४ र देव खनाल शून्यमा आउट हुँदा जीसान मक्सुदले १४ रन बनाए।

काठमाडौं गुर्खाजका जेरार्ड इरासमसले दुई तथा करण केसी, नाथन साउटर र दिपेश कँडेलले एक–एक विकेट लिए।

मंसिर १९, २०८१ बुधबार १२:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।