अफ्रिकी देशको पहिलो महिला राष्ट्रपति बनिन् नेतुम्बो नन्दी-नडैतवाह

अफ्रिकी देशको पहिलो महिला राष्ट्रपति बनिन् नेतुम्बो नन्दी-नडैतवाह

एजेन्सी : नेतुम्बो नन्दी-नडैतवाह अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्।

यसअघि उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकि उनी सत्तारुढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्।

राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याएका छन् भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याएका छन्।

तर, पाण्डुलेनी इतुलाले शनिबार एनडैतवाहको पार्टीले निर्वाचन प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै निर्वाचनको परिणाम स्वीकार गर्न अस्वीकार गरेकी छन्।

नामिबियाको अखबारका अनुसार मंगलबार साँझ नामिबियाको राजधानी विन्डहोकका अधिकांश विपक्षी दलहरूले चुनावी नतिजा बहिष्कार गरेका छन्।

मंसिर १९, २०८१ बुधबार ११:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।