एनपीएल : शिखरको ७२ रनमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

एनपीएल : शिखरको ७२ रनमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगको छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन जोड्यो।

उसका लागि लागि शिखर धवन अविजित रहँदै सर्वाधिक रन बनाए। ४९ बलको सामना गरेका उनले चार चौका र पाँच छक्काको मद्दतमा ७२ रन जोडे।

चाडविक वाल्टन २१, बाबर हायात १३, गुल्सन झा १२, अर्जुन बिटालु ४ र देव खनाल शून्यमा आउट हुँदा जीसान मक्सुदले १४ रन बनाए।

काठमाडौं गुर्खाजका जेरार्ड इरासमसले दुई तथा करण केसी, नाथन साउटर र दिपेश कँडेलले एक–एक विकेट लिए।

अब केहीबेरमा गुर्खाजले जवाफी ब्याटिङ गर्नेछ। यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए। त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन्।

मंसिर १९, २०८१ बुधबार १०:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।