दक्षिण कोरियाको घटनाक्रमबारे अमेरिकी विदेश मन्त्रालयले जारी गर्‍यो विज्ञप्ति

दक्षिण कोरियाको घटनाक्रमबारे अमेरिकी विदेश मन्त्रालयले जारी गर्‍यो विज्ञप्ति

एजेन्सी : अमेरिकी विदेश मन्त्रालयले विगत २४ घण्टामा दक्षिण कोरियामा भएको घटनाक्रमबारे प्रेस विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा अमेरिकाले विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनालाई नजिकबाट हेरिरहेको बताएको छ।

राष्ट्रपति युनले राष्ट्रिय सभाका सबै सदस्यहरूको आग्रहमा आपतकालीन सैनिक कानून खारेज गरेकोमा स्वागत समेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी राष्ट्रपति युनको राष्ट्रिय सभाका सर्वसहमतिमा आपतकालीन मार्शल ल रद्द गर्ने घोषणाको स्वागत गर्दछौँ।’

अमेरिकाले  राजनीतिक मतभेदहरू शान्तिपूर्ण र कानून बमोजिम समाधान हुने विश्वास व्यक्त गर्दै कोरियाली जनता र प्रजातन्त्र र कानूनको शासन अन्तर्गत अमेरिका-कोरिया साझेदारीको समेत समर्थन गरेको छ।

मंगलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल लको घोषणा गरेका थिए। तर दक्षिण कोरियाको राष्ट्रिय सभामा सांसदहरूले राष्ट्रपतिको यो निर्णय बहुमतले उल्ट्याएका थिए।

त्यसपछि बुधबार बिहान मार्सल लगाउने आदेश फिर्ता लिइएको थियो।

मंसिर १९, २०८१ बुधबार ०९:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।