दक्षिण कोरियामा मार्शल ल फिर्ता, हजारौं मानिसहरू सडकमा उत्रिए

दक्षिण कोरियामा मार्शल ल फिर्ता, हजारौं मानिसहरू सडकमा उत्रिए

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्शल ल लागू गरेको १२ घण्टा पनि नबित्दै फिर्ता लिएको घोषणा गरेका छन्।

देशको राष्ट्रिय सभामा उपस्थित १९० सांसदले मार्शल ल लागू गर्ने निर्णयको सर्वसम्मतिले विरोध गरेपछि राष्ट्रपति युनले मार्शल ल फिर्ता लिइएको घोषणा गरेका हुन्।

दक्षिण कोरियाका राष्ट्रपतिले भने, ‘राष्ट्रिय सभाको मागमा मार्शल ल हटाइएको छ र सेना फिर्ता गरिएको छ। म राष्ट्रिय सभाको मागलाई स्वीकार गर्दछु।’

यद्यपि मार्सल ल अर्डर फिर्ता लिएको केही घण्टामै दक्षिण कोरियामा विरोध प्रदर्शन सुरू भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति युन सुक-योलको राजीनामा माग गरिरहेका छन्।

मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल लको घोषणा गरेका थिए। राष्ट्रविरोधी तत्वलाई हटाउन यो कदम चालिएको उनले बताए।

मंसिर १९, २०८१ बुधबार ०७:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।