उकेरा टप फाइभ : उपनिर्वाचनको विश्लेषणदेखि रोश्ना सुब्बाको चौथो अंगसम्म
काठमाडौं : आज चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरे। भेटमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। राष्ट्रपति सीपछि प्रधानमन्त्री ओलीले चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुलाई भेटेका हुन्।
चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन्। त्यही भेटमा दुई सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणासमेत दिए।
युएईमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ। यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो। अफगानिस्तान यसअघि पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो। योसँगै दुवै टोली एसिया कपबाट बाहिरिए।
नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई वटा खेल भए। आफ्नो विराटनगरविरुद्व सुदूरपश्चिम रोयल्सले ९० रनको फराकिलो अन्तरले पहिलो जित निकालेको छ। यता, यसअघि जनकपुरसँग हारेको सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ।
तेस्रो दिनको दोस्रो खेलमा एक सय ६२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पोखरा एभेन्जर्सका ब्याटर चल्न नसक्दा चितवन राइनोजसँग ८७ रनले पराजित भयो। चितवनको यो दोस्रो खेल हो भने पोखराको पहिलो। चितवनले यस अगाडि काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो।
अब लागौं, उकेरा टप फाइभतर्फ:
उकेराले आज बिहान आफ्नो नियमित स्तम्भ चौथो अंग लेख्यो। जसमा ‘नेपाली पत्रकारितामा सार्वजनिक शिक्षाको रिपोर्टिङ’ शीर्षकमा केन्द्रित रहेर उकेराकर्मी प्रजु पन्तले पत्रकार सुब्बासँग गरेको कुराकानी प्रस्तुत छ। सुब्बाले नेताका कोरा भाषणलाई महत्त्व दिने अधिकांश मिडियाले शिक्षालाई ‘इश्यू’ नै नठान्ने अनुभव बताएकी छन्।
पूरा समाचार: चौथो अंग : नेताका कोरा भाषणलाई महत्त्व दिने अधिकांश मिडियाले शिक्षालाई ‘इश्यू’ नै ठान्दैनन्
उकेराले आज मध्यान्ह एनपिएलमा जुवा खेलाउने चार जना पक्राउ परेको समाचार लेख्यो। पक्राउ पर्नेमा सुमन घोष र अमित यादव सुमन्त कुमार र ब्रजेश कुमार पक्राउ छन्। एनपिएलमा जुवाको विषय निरन्तर उठाउँदै आएको उकेराले यस समाचारमा जुवाको प्रचार गर्ने क्यानलाई उन्मुक्ति दिएको तथ्य प्रस्तुत गरेको छ।
पूरा समाचार: एनपिएलको जुवा खेलाउने चार जना पक्राउ, जुवाको प्रचार गर्ने क्यानलाई उन्मुक्ति
उकेराले दिउँसो आइतबार भएको स्थानीय तह निर्वाचनमा आएको नतिजाबारे विश्लेषणसहितको समाचार लेख्यो। त्यसमा सत्तारुढ एवं दुई ठूला दल कांग्रेस-एमालेलाई धक्का लागेको, माओवादीले मौका पाएको र जमानत जोगाउन नसकेका रास्वपा-राप्रपालाई लज्जा भएको विषय समेट्यो।
पूरा समाचार: उपनिर्वाचन : कांग्रेस-एमालेलाई धक्का, माओवादीलाई मौका, जमानत गुमाएका रास्वपा-राप्रपालाई लज्जा
साँझपख उकेराले कर्णाली प्रदेशमा गएको स्थानीय तह निर्वाचनको परिमाणबारे विश्लेषणसहितको समाचार लेख्यो। जसअन्तर्गत ‘जनताले साइजमा ल्याइदिए’ भनेर कांग्रेसले मत परिमाणलाई स्वीकार गरेको छ भने २ पालिका जित्दा पनि माओवादी असन्तुष्ट छ।
पूरा समाचार:
उपनिर्वाचन कर्णाली : ‘जनताले साइजमा ल्याइदिए’ भनेर कांग्रेसले चित्त बुझायो, २ पालिका जित्दा पनि माओवादी असन्तुष्ट
साँझपख नै उकेराले विशेषबाट भ्रष्ट ठहरिएका लुम्बिनी कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराई सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतमा उपस्थितै नभएको समाचार लेख्यो।
पूरा समाचार: विशेषबाट भ्रष्ट ठहरिएका लुम्बिनी कोषका वरिष्ठ इन्जिनियर सरोज सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतमा उपस्थितै भएनन्
मंसिर १८, २०८१ मंगलबार २१:५८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।