मन्दिर खन्ने क्रममा दुईवटा ग्रिनेट बम भेटियो

मन्दिर खन्ने क्रममा दुईवटा ग्रिनेट बम भेटियो
फाइल

चितवन : पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका-३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन्। ती बम डिस्पोज (निष्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको छ। 

एसपी मिश्रले सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी बताए। 

मंसिर १८, २०८१ मंगलबार २१:१९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।