काठमाडौं महानगरले सडकमा फोहोर गर्ने अनामनगरका राजकुमारलाई १० हजार जरिवाना तिरायो
काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमा फोहोर बाल्ने र सडक सफा नगर्ने एक जनालाई जरिवाना तिराएको छ।
वडा- २९ स्थित अनामनगरमा फोहरमैला बालेको भन्दै महानगर प्रहरी बलले राजकुमार राउतलाई १० हजार रूपैयाँ जरिवाना लिएको हो।
पछिल्लो समय काठमाडौं महानगर सडकमा फोहोर फ्याँक्ने, बाल्ने र सफा नगर्नेहरूमाथि कडा अनुगमन गरी जरिवाना गराउँदै आएको छ।
यसअघि दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल एमालेलाई पनि एक लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने पत्र पठाएको थियो। तर, एमालेले भने अहिलेसम्म त्यो जरिवाना रकम तिरेको छैन।
मंसिर १८, २०८१ मंगलबार २१:०४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।