१६२ रनको चुनौती सामना गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको खराब सुरुवात

१६२ रनको चुनौती सामना गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको खराब सुरुवात

काठमाडौँ : नेपाल प्रिमियर लिगको तेस्रो दिनको दोस्रो खेलमा चितवन राइनोजको एक सय ६२ रनको चुनौती सामना गर्न मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको सुरुवात निकै कमजोर देखियो।

टस जितेर पहिला बलिङ रोजेको पोखराका ब्याटर चितवनका बलरसामु निकै निरीह देखिएका छन्। चार ओभरमा सात रन बनाएको टिमको ६ विकेट गइसक्यो। चितवनका बलर सोहेल तनविरले एकै ओभरमा तीन विकेट लिएर ह्याट्रिक गरेका थिए।

चितवनको यो दोस्रो खेल हो। उसले यस अगाडि उसले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो। पोखरा एभेन्जर्सको यो पहिलो खेल हो।

मंसिर १८, २०८१ मंगलबार १५:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।