पोखरा एभेन्जर्सलाई चितवनले दियो १६२ रनको चुनौती

पोखरा एभेन्जर्सलाई चितवनले दियो १६२ रनको चुनौती

काठमाडौँ : नेपाल प्रिमियर लिगको तेस्रो दिनको दोस्रो खेलमा चितवन राइनोज्ले पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको टार्गेट दिएको छ। टीयू खेल मैदानमा टस हारेर चितवन ब्याटिङमा उत्रिएको थियो। २० ओभरमा चितवनले सात विकेट गुमाएर एक सय ६१ रन बनायो।

रवि भोपाराले ३८ बलमा ५१ रनको अर्धसतकिय पारी खेलेका थिए। कप्तान कुशल मल्लले ३८ रन बनाएका थिए। पोखराका विपिन खत्री, बास डी लिडे र रेमन रेफरले समान २-२ विकेट लिएका थिए।

चितवनको यो दोस्रो खेल हो। उसले यस अगाडि उसले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो। पोखरा एभेन्जर्सको यो पहिलो खेल हो।

मंसिर १८, २०८१ मंगलबार १४:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।