सन्दीपले भने- ‘ड्रेसिङ रुममा ह्याप्पी मोमेन्ट छैन, आकिबलाई फुड पोइजन भयो’
काठमाडौं : नेपाल प्रिमिय लिग (एनपीएल)मा लगातार दुई खेलमा पराजय भोगेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ड्रेसिङ रुमभित्र ह्याप्पी मोनेन्ट नभएको खुलासा गरेका छन्।
मंगलबार सुदूरपश्चिम रोयल्ससँगको हारपछि मार्की खेलाडी समेत रहेका लामिछानेले यस्तो खुलासा गरेका हुन्।
उनले भने, ‘रन नबनेपछि प्रेसर त भइहाल्छ। तर, प्रेसर भन्दा पनि ड्रेसिङ रुममा ह्याप्पी मोमेन्ट छैन जस्तो लाग्छ।’
पाएका अवसरहरुलाई ठूलो बनाउन नसकेको बताउँदै उनले सुदूरपश्चिम रोयल्स र दीपेन्द्रसिंह ऐरीको कप्तानीको प्रशंसा गरे।
उनले थपे, ‘जितपछिको खुसी टिमले महसुस गर्न पाएको छैन। छ ओभरसम्म राम्रो भए पनि त्यसपछि सुदूरपश्चिमले राम्रो खेल्यो। यसको सबै क्रेडिट दीपेन्द्रलाई जान्छ। ३० देखि ४० रन हामीले बढी दियौँ।’
उनले आगामी दिनमा गल्ती सुधारेर टिममा फर्कने समेत विश्वास दिलाए।
‘मोमेन्टहरुलाई क्यापिटलाइज गर्न सकिरहेको छैन। मेरो आफ्नै एक्स्पेक्टेन नै मिट गर्न सकिरहेको छैन,’ उनले अगाडि भने, ‘आगामी गेमहरुमा गल्ती सुधारे अगाडि बढ्नेछौँ।’
नेपाली खेलाडीहरुले रन नबनाइरहेको सन्दर्भमा समेत उनले बोले।
उनले भने, ‘लोकल प्लेयरहरूले रन बनिरहेको छैन, यद्यपि हामीले उहाँहरुमाथि विश्वास गर्नुपर्ने हुन्छ। यो टिम स्पोर्ट्स हो। जानी जानी रन नहान्ने होइन कि प्रयास गर्दा पनि कहिलेकहीँ असफल भइन्छ।’
यस्तै उनले ओमानका अलराउन्डर आकिब इलियासलाई फुड पोइजन भएको समेत खुलाए।
मंसिर १८, २०८१ मंगलबार १४:०७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।