यु-१९ एसिया कपमा अफगानिस्तान १२३ रनमा अलआउट

यु-१९ एसिया कपमा अफगानिस्तान १२३ रनमा अलआउट

काठमाडौं : युएईमा जारी यु-१९ एसिया कपमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान १ सय २३ रनमा अलआउट भएको छ।

सान्त्वना जितको खोजीमा रहेको नेपाललाई अफगानिस्तानले १ सय २४ रनको सामान्य लक्ष्य दिएको हो।

युएईको सारजाहमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुदै १ सय २३ रन जोड्यो।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे। उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

खातीर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे।

नेपालका लागि युनिश बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो।

मंसिर १८, २०८१ मंगलबार १३:४७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।