फ्रान्सका प्रधानमन्त्रीविरुद्ध तीन महिनामै अविश्वासको प्रस्ताव पेश
काठमाडौं : दक्षिणपन्थी र वामपन्थी दलहरूले फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गरेका छन्।
बुधबार अविश्वासको प्रस्तावमा मतदान हुने भए पनि उनले यो अविश्वासको प्रस्ताव गुमाउने अनुमान गरिएको छ।
सोमबार वामपन्थी सांसद एलेक्सिस कोर्बीले संसदमा भने, ‘बर्नीको कार्यकाल समाप्त भएको छ।’
मिशेल बर्नियर सेप्टेम्बरको सुरूमा फ्रान्सको प्रधानमन्त्री बनेका थिए। लामो करियर भएका बर्नी दक्षिणपन्थी रिपब्लिकन पार्टीका वरिष्ठ नेता हुन्।
मंसिर १८, २०८१ मंगलबार ०९:१४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।