बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो?
काठमाडौं : नेपाल टेलिकमले बजारमा रिचार्ज कार्ड अभाव भएको विषयमा बोलेको छ।
टेलिकमले एक विज्ञप्ति जारी गर्दै आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसक्दा टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेको दाबी गरेको छ।
अहिले उक्त समस्या समाधान भइसकेको र बजारमा सहज रुपमा उपलब्ध भइसकेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।
साथै रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भन्ने समाचारप्रति पनि टेलिकमले ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले यस्तो समाचारहरुमा कुनै सत्यता नभएको दाबी गर्दै रिचार्ज कार्डको विकल्पको रुपमा ग्राहकले अनलाइनमा मार्फत रिजार्च गरिरहेको समेत जनाएको छ।
प्रवक्ता ढकालका अनुसार डिजिटल वालेटहरू प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हुँदा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव परेको छैन।
मंसिर १८, २०८१ मंगलबार ०८:११:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।