मानव तस्करीका आरोपी कोशीमा पूर्वमन्त्री लीलबल्लभको स्थानमा रेवतीरमण भण्डारी नियुक्त
विराटनगर : कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त रेवतीरमण भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्री भण्डारीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज पद तथा गोपनियताको शपथ गराएका हुन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरेका हुन्।
उक्त मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा नाम जोडिएपछि राजीनामा दिएका थिए।
यद्यपि उनीमाथि प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको थियो।
मंसिर १७, २०८१ सोमबार २१:३६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।