शिखरको छक्का हेर्न आएका दर्शकले तीन चौकामा चित्त बुझाउनु परेपछि... (तस्बिरहरू)

शिखरको छक्का हेर्न आएका दर्शकले तीन चौकामा चित्त बुझाउनु परेपछि... (तस्बिरहरू)

काठमाडौं : खेलमैदानलाई नै जुवाको खाल बनाएको नेपाल प्रिमियर लिगको आज दोस्रो दिन, दुई खेल भयो।

पहिलो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजलाई कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले हरायो।

दोस्रो खेलमा अनिल कुमार शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई पराजित गर्यो।

भारतका चर्चित खेलाडी शिखर धवनले नेपालमा आएर पहिलो पटक खेलेका कारण पनि आजको दोस्रो खेल केही विशेष रह्यो।

पहिलो खेलमा आधाभन्दा बढी खाली रहेको त्रिवि क्रिकेट मैदान परिसर दोस्रो खेलको अन्तिमसम्म भरिभराउ भयो। केही दर्शकले टिकट नकाटी मैदान बाहिरको रुखमा चढेर समेत खेल हेरे।

यद्यपि शिखर धवनको छक्काको मजा भने दर्शकले लिन पाएनन्। धवन १४ बलमा तीन चौकाको मद्दतमा १४ रन बनाएर आउट भए। उनलाई हर्ष ठाकरले बोल्डआउट गरे।

उद्घाटनको दिनभन्दा आज मैदानबाहिरको सुरक्षा व्यवस्था र व्यवस्थापन केही सुधारिएको देखियो। उद्घाटनको दिनमा त्रिवि मैदानमा खेल हेर्न गएका सात जना घाइते भएका थिए। जसमध्ये एक जनाको अवस्था अझै गम्भीर छ।

यस्ता छन् नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलमा उकेराको क्यामेराले कैद गरेका दृश्यः-

शिखर धवनसँग ब्रोडकास्टरले कुरा गर्न लाग्दा उत्साही देखिएका दर्शक।

मंसिर १७, २०८१ सोमबार २०:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।