नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त भएका छन्।

सैंजुले नियुक्त भएकै दिनबाट कार्यभार सम्हाले थालेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सैंजु सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ।

उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन। 

उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनीले विश्वास व्यक्त गरेको छ।

मंसिर १७, २०८१ सोमबार २०:१७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।