यू-१९ एसिया कपमा भारतले जापानलाई २११ रनले हरायो
एजेन्सी : यू-१९ एसिया कपमा भारतले जापानलाई २११ रनले पराजित गरेको छ।
शारजाह मैदानमा जापानले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको टीम इन्डियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रन बनाएको थियो।
यो प्रतियोगिताको चालू सिजनको सबैभन्दा ठूलो स्कोर हो। यसअघि नोभेम्बर ३० मा युएईले जापानविरुद्ध ३२४ रन बनाएको थियो।
जवाफमा जापानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो। उसका लागि ह्युग केलीले सर्वाधिक ५० रन बनाए।
भारतका लागि हार्दिक राज, केपी कार्तिकेय र चेतन शर्माले २–२ विकेट लिए।
भारतीय टोलीका कप्तान मोहम्मद अमानले ११६ बलमा १२२ रनको अविजित इनिङ खेले।
अमनका अलावा ओपनर आयुष म्हात्रेले २९ बलमा ५४ र कार्तिकेय केपीले ५० बलमा ५० रन बनाए। जापानका लागि किफर यामामोटो लेक र ह्युग केलीले २–२ विकेट लिए।
भारतको अर्को खेल ४ डिसेम्बरमा युएईसँग हुनेछ। प्रतियोगितामा मंगलबार नेपाल र अफगानिस्तान तथा श्रीलंका र बंगलादेश भिड्नेछन्।
मंसिर १७, २०८१ सोमबार २०:०३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।