२०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

२०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन्।

जलविद्युत उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

मन्त्री खड्काले भने, ‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर विकास निर्माणसँग सम्बन्ध राख्ने ६ वटा मन्त्रालयका सचिव, सहसचिवहरुसँग छलफल गर्यौँ।  छलफलबाट ८३ वटा विषयहरू निकालेर २८ हजार पाँचसय मेगावट विद्युत २०३५ सम्म उत्पादन गर्ने र त्यो समयमा उत्पादन गर्नका लागि हाम्रा वाधा विवरणहरु के-के छन्, अवरोधहरू के-के छन् भन्ने विषय क्याबिनेट पठाएका छौँ।’

उनले देशभरीका अधुरो र ढिलासुस्ती भएका आयोजनाहरूलाई अगाडि बढाउनका लागि थुप्रै सुधारहरू गरिएको बताए। यस्तै, नेपालका गरिबीको रेखामुनि रहेका १८-२० प्रतिशत जनताले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नपाएसम्म मुलुकको समृद्धि पूर्ण नहुने उनले बताए।

खड्काले भने, ‘नेपालको गरिबीको रेखामुनी रहेका १८/२० प्रतिशत मानिसहरूले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पूर्ण हुँदैन। नेपालको गरिबीको रेखामुनी रहेका १८/२० प्रतिशत मानिसहरूले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन।’

मन्त्री खड्काले थपे, ‘त्यसो भयो भने सबै वर्गका मानिसहरुको सहभागिता हुन्छ। ४६ खर्बको बजेट २०३५ सम्म खर्च हुन्छ।’

यसका साथै, गरिबी र रोजगारका समस्यामा रहेका वर्गको स्वामित्वमा पनि ठूलो परियोजनाहरू र कार्यक्रमहरू ल्याउने कार्यविधि निर्माण गरिएको मन्त्री खड्काले बताए।

मंसिर १७, २०८१ सोमबार १८:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।