साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घट्ना
काठमाडौं : प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन्।
सोमबार तथ्याङ्क संकलन तथा विश्लेषण देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन्।
उनले दिनकै ७० जति अनलाइन केसहरू आउने गरेको बताए। उनले सोसल मिडिया फेसबुकबाट सबैभन्दा बढी अपराजन्यघ घटनाहरू भइरहेको बताए।
साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक फरक हुने र धेरैजसो फेक अकाउन्ट बन्द गर्ने केस आउने गरेको उनले बताए।
सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएको केसहरू, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेको बताए।
मंसिर १७, २०८१ सोमबार १८:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।