शिखर धवन मैदानमा उतारेको कर्णाली पहिलो खेलमा पराजित, जनकपुरले आठ विकेटले जित्यो
काठमाडौँ : नेपाल सुपर लिगको तेस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको छ। सोमबार भएको दोस्रो खेलमा फ्रेन्चाइज टिम कर्णाली याक्सले ब्याटिङ गरेर १४२ को टार्गेट दिएको थियो।
१५.१ ओभरमै जनकपुरले कर्णाली याक्सको लक्ष्य पुरा गरेको थियो। जनकपुरको यो दोस्रो जित हो। पहिलो दिनको उद्घाटन खेल खेलेको उसले बिराटनगर किङस्लाई आठ विकेटले नै हराएको थियो।
मंसिर १७, २०८१ सोमबार १६:४३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।