महंगोमा कर्णालीमा अनुबन्धित शिखर धवन सस्तै रनमा आउट भए

महंगोमा कर्णालीमा अनुबन्धित शिखर धवन सस्तै रनमा आउट भए

काठमाडौँ : नेपाल सुपर लिगको फ्रेन्चाइज टिम  कर्णाली याक्सले  गब्बरको नामले चर्चित भारतीय क्रिकेटर शिखर धवन ल्याउँदा एनपिएल भारतमा समेत चर्चामा रह्यो।

उनै धवन सोमबार पहिलो पटक नेपालको मैदानमा उत्रिए जनकपुर बोल्टस्‌विरुद्ध मैदानमा उत्रँदा क्रिकेट मैदानमा रहेका दर्शकहरू निकै उत्साहित थिए। नेपालमा धवन पहिलो पटक क्रिकेट खेल्दै थिए।

स्क्रिनमा देखिरहेका र नेपालमा पनि उत्तिकै लोकप्रिय धवन मैदानमा भने लामो समय टिक्न सकेनन्। मैदानमा उत्रिएका उनले तीन चौका हाने। तर लामो समय टिक्न सकेनन्। उनलाई जनकपुर बोल्ट्सका बलर हर्ष ठाकरले सस्तै रनमा आउट गरे। ठाकर क्यानडामा क्रिकेट खेल्छन्।

टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्सले जितका लागि १४२ रनको लक्ष्य दियो। मध्य लक्ष्यमा हिँडिरहेको कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले खेलको अन्तिम दुई ओभरको १२ बलमा ३९ रन जोडेर रनको सङ्ख्या बढाएका थिए।

१९ औँ ओभरमा अर्जुनले २२ रन जोडे। अन्तिम ओभरमा सोमपालले विस्फोटक ब्याटिङ गर्दै २१ रन जोडेका थिए।

मंसिर १७, २०८१ सोमबार १६:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।