एनपिएलमा जनकपुरलाई कर्णाली याक्सको १४२ रनको चुनौती

एनपिएलमा जनकपुरलाई कर्णाली याक्सको १४२ रनको चुनौती

काठमाडौँ : नेपाल सुपर लिगको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्टस्‌लाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा भएको सोमबारको दोस्रो खेलमा कर्णालीले ब्याटिङ गरेको थियो।

मध्य लक्ष्यमा हिँडिरहेको कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले खेलको अन्तिम दुई ओभरको १२ बलमा ३९ रन जोडेर रनको सङ्ख्या बढाएका थिए।

१९ औँ ओभरमा अर्जुनले २२ रन जोडे। अन्तिम ओभरमा सोमपालले विस्फोटक ब्याटिङ गर्दै २१ रन जोडेका थिए। कर्णालीमा आवद्ध भारतीय क्रिकेटर शिखर धवन १४ रन बनाएर आउट भएका थिए।

 

मंसिर १७, २०८१ सोमबार १५:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।