कीर्तिपुरमा बलियो देखियो कांग्रेस : मेयरमा अग्रता, ४ नम्बर वडा पनि आफ्नै पोल्टामा

कीर्तिपुरमा बलियो देखियो कांग्रेस : मेयरमा अग्रता, ४ नम्बर वडा पनि आफ्नै पोल्टामा

काठमाडौं : कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस बानियाँ १ हजार १५५ मतसहित विजयी भए।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन्। तेस्रो स्थानमा रहेको एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे।

माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत पाए। 

त्यसअघि कीर्तिपुर-१ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। 

पाँच सय ६२ मत पाएर इच्छाकुमार विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका हर्ष महर्जनले चार सय ९८ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ।  

यता, अहिलेसम्मको मत परिमाण अनुसार कीर्तिपुरको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायम छ। उनले १ हजार ३१३ मत प्राप्त गरेका छन्। 

दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ मत प्राप्त गरेका छन्। 

मंसिर १७, २०८१ सोमबार १२:५३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।