चितवनसँग ५ विकेटले हार्यो काठमाडौं गुर्खाज

चितवनसँग ५ विकेटले हार्यो काठमाडौं गुर्खाज

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हराएको छ। सोमबार भएको खेलमा चितवन राइनोले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो।

चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए। सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे। शरद भेषावकर ११ रनमा अविजित रहे।

काठमाडौंका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन। त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो।

काठमाडौंका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए। स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए। ड्यान डौथवेट १९ र दीपेश कँडेल १ रनमा अविजित रहे। 

बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए। कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एक/एक विकेट लिए।

आजै हुने अर्को खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच हुनेछ। 

मंसिर १७, २०८१ सोमबार १२:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।