नलगाड नगरपालिकाको उपप्रमुखमा कांग्रेसलाई हराउँदै माओवादीकी देवका विजयी
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन्। आइतबार भएको उपनिर्वाचनको मत परिणामअनुसार लामिछाने ४ हजार २७२ मत ल्याएर विजयी भइन्।
उनले नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहलाई पराजित गराइन्। कांग्रेसकी सिंहले तीन हजार १४७ मत प्राप्त गरिन्।
२०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो। त्यसबेला गठबन्धनको भागबन्डा अनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो।
नलगाडको उपप्रमुखका लागि कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन उम्मेदवार थिए।
यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता सिंहको २०७९ कात्तिक १७ को भूकम्पमा परी मृत्यु भएको थियो।
मंसिर १७, २०८१ सोमबार ०९:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।