स्थानीय तह उपनिर्वाचनमा रास्वपाले बल्ल खाता खोल्यो, काठमाडौं-१६ मा रोजिना श्रेष्ठ विजयी

स्थानीय तह उपनिर्वाचनमा रास्वपाले बल्ल खाता खोल्यो, काठमाडौं-१६ मा रोजिना श्रेष्ठ विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। उनले दुई हजार नौ सय दुई मत पाइन्।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी एमालेका उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए।

यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन्।

कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। 

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

मंसिर १७, २०८१ सोमबार ०८:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।