हेटौंडा-१२ : अघिल्लो चुनावमा माओवादीसँग हारेका कांग्रेसका तिवारीले उपनिर्वाचनमा माओवादीलाई नै हराए

हेटौंडा-१२ : अघिल्लो चुनावमा माओवादीसँग हारेका कांग्रेसका तिवारीले उपनिर्वाचनमा माओवादीलाई नै हराए

मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। 

आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अबानी मैनाली भट्टराईले जानकारी दिइन्। 

तिवारीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे। 

साथै, एमालेका राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरे।

विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए।  

यस वडामा कुल ८ हजार ५३ मतदाता थिए। 

वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए। जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए।

मंसिर १७, २०८१ सोमबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।