झापाको कन्काई-६ : एमालेलाई उछिनेर कांग्रेसबाट बागी उठेका ओली विजयी

झापाको कन्काई-६ : एमालेलाई उछिनेर कांग्रेसबाट बागी उठेका ओली विजयी

भद्रपुर : झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। 

हिजो भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। 

चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन्। उनले नेपाली कांग्रेसबाट बागी उठ्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनका अनुसार एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, माओवादी केन्द्रका गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे। 

यसअघि २०७९ सालमा भएको निर्वाचनमा एमालेका दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए। 

कन्काई-६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।  

 

मंसिर १७, २०८१ सोमबार ०७:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।