रास्वपाको आश काठमाडौँ-१६ मात्र, रोजिना अग्रस्थानमा

रास्वपाको आश काठमाडौँ-१६ मात्र, रोजिना अग्रस्थानमा

काठमाडौँ : पार्टी सभापति रवि लामिछानेलाई रिहा गराउन आन्दोलन गर्ने कि स्थानीय तह उप निर्वाचनका उम्मेदवारहरूको प्रचारमा जाने भन्ने अन्योलमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि खाता खोल्न काठमाडौँ-१६ मा मात्र सम्भावना देखियो।

काठमाडौँ वडा नम्बर १६ मा रास्वपाले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। प्राप्त मत परिणाममा उनी प्रतिस्पर्धीभन्दा निकै अगाडि हिँडिरहेकी छिन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ११ सय १० मत पाउँदा उनी१३ सय पाँच मतसहित अग्रस्थानमा छिन्। एमालेका लक्ष्मी रत्न तुलाधरले हजार टेक्न सकेका छैनन्। अन्य स्थानको मतपरिणाम रास्वपाको पक्षमा देखिएको छैन।

मंसिर १७, २०८१ सोमबार ०३:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।