ठाकुरबाबा नगरपालिका- ४ मा कांग्रेसका अमिन विजयी
काठमाडौँ : स्थानीय तहको उप निर्वाचनमा बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार अमिन थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सेर बहादुर थारुले ६ सय ७८ मत पाए।
एमालेका उम्मेदवार विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मतसहित तेस्रो भए। २०७९ को स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेसका सूर्य बहादुर विष्ट १ हजार २ सय ९ मतसहित विजयी भएका थिए।
मंसिर १७, २०८१ सोमबार ०२:१६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।