उकेरा टप फाइभ : उपनिर्वाचनको माहोलदेखि अन्जुको मातृत्व अनुभवसम्म

उकेरा टप फाइभ : उपनिर्वाचनको माहोलदेखि अन्जुको मातृत्व अनुभवसम्म

काठमाडौं : आइतबार देशका विभिन्न ४१ स्थानीय तहमा उपनिर्वाचन भयो। विभिन्न समयमा विभिन्न कारण पदमुक्त भएका स्थानीय तहका प्रतिनिधिको पदपूर्ति गर्नका लागि भएको निर्वाचनमा देशभर ६२ प्रतिशत मत खस्यो।

यसका अलावा मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद् लीलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदियो। यसको कारणमा प्रशासनले ‘असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ता गर्न मिलेन’ भन्ने कारण दियो।

नेपाल प्रिमियर लिगमा विदेशी खेलाडी आउने क्रम जारी छ। यसै क्रममा आज जनकपुर बोल्ट्सबाट खेल्नका लागि न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम पनि आए।

अब लागौं उकेरा टप फाइभतर्फ
उकेराले आज विहानै खाली रहेका देशभरका स्थानीय तहमा उपनिर्वाचन हुँदै गरेको समाचार प्रकाशित गर्यो। दिनभर पनि विभिन्न स्थानीय तहमा भएका गतिविधिबारेमा समाचारमार्फत जानकारी गरायो। आज भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको समाचार उकेराले प्रकाशित गर्यो।
पूरा समाचार : निर्वाचन आयोगले भन्यो- उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

दिउँसो उकेराले नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’ अन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेसनकी कर्मचारी अन्जु कोइरालाको मातृत्व अनुभव समेट्यो। जसमा उनले गर्भवती र प्रसवको अवस्थाबारे खुलेर आफ्ना कुरा राखेकी छन्।
पूरा समाचार : अन्जु कोइरालाको प्रसव पीडा र खुसी : अस्पतालमा अरु कराएको देखेपछि मैले पनि स्वर मिसाएर बेस्कन कराएँ, पछि साह्रै गाह्रो भो

साँझपख उकेराले युएईकमा जारी एसीसी यू१९ पुरुष एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको समाचार राख्यो। पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज भएको दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले हार्यो।
पूरा समाचार : एसीसी यू१९ पुरुष एसिया कप बंगलादेशसँग हार्यो नेपाल

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निर्वतमान मन्त्री तथा एमालेबाट कोशी प्रदेश सभाका सदस्य लिलावल्लभ अधिकारीलाईविरुद्ध मानव बेचबिखन मुद्दा नचलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको समाचार प्रकाशित गर्यो।
पूरा समाचार : लीलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

यसका अलावा उकेराले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्धी चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त गरेको समाचार प्रकाशित गर्यो। समाचारमा कुशनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुशनरका पिता भएको उल्लेख छ।
पूरा समाचार : फ्रान्सको राजदूतमा ट्रम्पले नियुक्त गरे आफ्नै सम्धी

मंसिर १६, २०८१ आइतबार २१:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।