सरकारले स्वीकार्यो एक करोड डलर अमेरिकी ऋण
काठमाडौं : सरकारले एक करोड डलरको अमेरिकी ऋण स्वीकार गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड अमेरिकी डलरको ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार सरकारले एशियाली विकास बैंकबाट क्लाइमेट रिसाइलेन्ट ल्यान्डस्केप बलम लाइभ्लीहुड्स परियोजनाका लागि प्रस्ताव गरिएको एक करोड डलर ऋण सहायता स्वीकार गरेको हो।
यसका अलावा सरकारले सोही परियोजनाका लागि प्रस्ताव गरिएको दुई करोड २० लाख अमेरिकी डलर अनुदान समेत स्वीकार गर्ने निर्णय गरेको छ।
साथै बैठकले एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि एक सय १० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
मंसिर १६, २०८१ आइतबार १६:४८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।