नौ दशमलव ९९ अंकले घट्यो नेप्से
काठमाडौं : साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। आज परिसूचक नौ दशमलव ९९ अंकले घटेर दुई हजार सात सय ३८ दशमलव ०६ को बिन्दुमा कायम भएको हो।
आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार समूह नौ दशमलव शून्य सात, विकास बैंक समूह चार दशमलव ५२ र होटल तथा पर्यटन समूह शून्य दशमलव ३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ।
बैंकिङ एक दशमलव ४७, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव १५, जीवन बिमा एक दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फण्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव शून्य एक र अन्य समूह एक दशमलव ३५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ।
मंसिर १६, २०८१ आइतबार १५:५१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।