हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य
काठमाडौ : हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग एनपीएलको लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ। क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो।
हरेक खेलाडीहरु स्वस्थ राख्नुको साथै हरेक नेपालीहरुलाई स्वस्थ जीवनशैली बाच्नको लागि हाइलाइफका विभिन्न ब्रान्डहरुले हरेक नेपालीको घर-घरमा हरेक दिन सहयोग पुर्याउँदै आएको छ।
क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सदैव सहयोग रहनेछ। हाइलाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका छ।
हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरु उत्पादन तथा आयात गरि बजारीकरणसमेत गर्दै आएको छ। अन्य २ कम्पनीहरुका उत्पादनहरुलाई हाइलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ।
उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्य कम्पनीका गुणस्तरीय उत्पादनहरुलाईसमेत बजार पुर्याउन यसले सहयोग गर्ने गरेको छ।
मंसिर १६, २०८१ आइतबार १२:४७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।