गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना
काठमाडौं : हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात 'फेनजल'को आंशिक प्रभाव रहेको छ। जसको कारण देशको तराई भू-भागका केही स्थानहरूमा कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंसिर १६, २०८१ आइतबार ०७:१२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।