चौथो संस्करणको प्लास्ट नेपाल एक्स्पोमा जे देखियो (तस्बिरहरू)
काठमाडौं : गत बिहिबारदेखि भृकुटीमण्डपमा सुरू भएको चौथो संस्करणको प्लास्ट नेपाल एक्स्पो आज सम्पन्न भएको छ।
प्रदर्शनीमा नेपाल र भारतमा प्लास्टिकबाट भनेका दैनिक उपभोग्य सामानहरू प्रदर्शनीमा राखिएको थियो। जसमा नेपा टप, मार्बललगायतका कम्पनीका सामाग्रीहरुको प्रदर्शन उल्लेख्य रूपमा थियो।
नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गरे प्लास्टिकका कच्चा पदार्थ आयातमा कमी आउने र देशको व्यापार घाटा कम हुने देखिएको भन्दै एक्स्पो सम्पन्न भएको आयोजकले जनाएको छ।
प्लास्ट नेपाल एक्स्पोका सभापति तथा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठका अनुसार नेपालमा आठ सय उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै छ।
त्यसअघि एक्स्पोको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग समन्वय गरेर कानूनी अड्चन संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।
मंसिर १५, २०८१ शनिबार २२:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।