चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री आरजुले भनिन् 'नेपालमा चीन विरोधी गतिविधि हुने छैन'
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज) स्वदेश फर्किएकी छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी थिइन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। त्यस अवसरमा दुवै पक्षले सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने, बेल्ट एण्ड रोड इनिसिएटिभ अगाडि बढाउन र पारवहनको निर्माणलाई तीब्रता दिन दुवै पक्ष सहमत हुनुपर्नेमा वाङ यीको जोड थियो।
भेटमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरलाई सदुपयोग गरी नेपाल-चीन सम्बन्धको विकासका नयाँ सम्भावनालाई अँगाल्न नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको उनको जोड थियो।
मन्त्री राणाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै अन्य शक्तिलाई नेपालको भूमि प्रयोग गरेर चीनको विरोध र चीनको हितमा हानी गर्ने कुनै पनि गतिविधिमा संलग्न हुन नदिने बताइन्।
भेटका अवसरमा नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० सम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो। राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन्।
मंसिर १५, २०८१ शनिबार १४:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।