चीन उडे पूर्वप्रधानमन्त्री खनाल, विमानस्थलमा भने- ‘बिआरआई लिनुपर्छ’
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल चीन उडेका छन्।
ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताए।
उनले भने, ‘नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बिआरआई स्वीकार गर्नुपर्छ। नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ। बिआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ। हामीले राष्ट्रहितमा निर्णय गर्नुपर्छ।’
मंसिर १५, २०८१ शनिबार १३:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।