रुस-युक्रेन युद्ध अन्त्य हुनसक्ने अवस्थाबारे बोले जेलेन्स्की
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नका लागि युक्रेनको भागलाई ‘नेटोमा समावेश गर्न’ आग्रह गरेका छन्।
स्काई न्यूजसँगको एक अन्तर्वार्तामा, जेलेन्स्कीलाई हालको युक्रेन नेटोको सदस्यता स्वीकार गर्न तयार छ भनेर सोधिएको थियो।
जवाफमा युक्रेनका राष्ट्रपतिले आफूले त्यसो गर्ने बताए। तर त्यसका लागि सबैभन्दा पहिले सम्पूर्ण युक्रेनलाई आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र नेटोको सदस्यता दिनुपर्ने बताए।
युक्रेनले रुसी नियन्त्रणबाट क्षेत्र फिर्ता लिन ‘कूटनीतिक रूपमा’ वार्ता गर्न प्रयास गर्नसक्ने जेलेन्स्कीले बताए।
तर, जेलेन्स्कीको यो सुझाव पूर्णतया सैद्धान्तिक भने होइन। किनकी उनले अहिलेसम्म आफूलाई यस्तो प्रस्ताव कतैबाट नआएको बताए।
नेटोले जेलेन्स्कीको यो सुझावलाई विचार गर्छ कि गर्दैन भन्नेमा शंका छ।
मंसिर १५, २०८१ शनिबार १३:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।